होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमालेमा ३ हजार हाराहारी महाधिवेशन प्रतिनिधि छनोट हुने
राजनीति

एमालेमा ३ हजार हाराहारी महाधिवेशन प्रतिनिधि छनोट हुने

  • नागरिक रैबार
एमालेमा ३ हजार हाराहारी महाधिवेशन प्रतिनिधि छनोट हुने

काठमाडौँ । केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ ।

गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि तय गरेको छैन ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम एकदुई दिनभित्र केन्द्रीय सचिवालय बैठक बसेर महाधिवेशन प्रतिनिधि छनोटको विधि र मापदण्ड तय गर्ने बताउँछन् । उनका अनुसार सचिवालय बैठक अघि संगठन विभागले महाधिवेशन प्रतिनिधि छान्ने विधि र मापदण्डको खाका तय गर्नेछ ।

विभागले तय गरेको विधि र मापदण्डको खाकालाई सचिवालयले आवश्यक हेरफेर गर्दै अन्तिम रूप दिएर सर्कुलर पठाउने छ । गौतमका अनुसार मुलुकको राजनीतिमा निकै ठुलो उलटफेर भएबाहेक महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेछ ।

‘राजनीतिमा निकै ठुलो उलटफेर भए बेग्लै हो, नत्र महाधिवेशन तोकिएकै मिति (मंसिर २७ देखि २९)मा सम्पन्न हुन्छ’, गौतमले रातोपाटीसँग भने, ‘महाधिवेशन सुरु १५ दिनअघि देशभर एकै दिन महाधिवशेन प्रतिनिधि छनोट भइसक्छन् ।’

गौतमले अब बस्ने सचिवालय बैठकले महाधिवेशन छनोटको मापदण्ड तय गर्दै क्यालेण्डर सार्वजनिक गर्ने बताए । उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र, जनसंगठन र विभाग गरी तीन वटा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि छनोट हुनेछन् ।

‘जसमा महिला, दलित, जनजातिलाई पनि समेटिने छ’, उनले भने, ‘विगतकै अभ्यासका आधार प्रतिनिधि छनोट गरिनेछ ।’गौतमले केन्द्रीय सचिवालय वा स्थायी कमिटीभन्दा अन्य कमिटीमा मोडालिटीबारे छलफल नहुने बताए ।

‘महाधिवेशन प्रतिनिधि छनोट गर्न कुनै समस्या छैन । हरेक जिल्ला कमिटीले गराउने भएकाले केन्द्रलाई कुनै भार पर्दैन । महाधिवेशनको १५ दिनअघि सबै काम सकिन्छ’, गौतमले भने, ‘एकै दिन मिति तोकेर महाधिवेशन प्रतिनिधि छनोट गर्न सकिन्छ ।’ जिल्लाले छनोट गरेका प्रतिनिधि र उनीहरूको फोटो केन्द्रमा पठाएसँगै केन्द्रले रुजु गरी महाधिवेशन प्रतिनिधि फाइनल गरिने एमालेले जनाएको छ ।

नेकपा एमालेका साढे ६ लाख सदस्य छन् । सदस्यता संख्याका आधारमा महाधिवेशन छनोटको विधि बनाउने एमालेको तयारी छ । अघिल्लो महाधिवेशनको तुलनामा प्रतिशतका हिसाबले २८ प्रतिशत सदस्य संख्या बढेको एमालेले जनाएको छ ।

‘त्यो हिसाबमा ३ हजार हाराहारी प्रतिनिधि छनोट हुन सक्छन्’, गौतमको भनाइ छ । त्यसमध्ये पाँच सय हाराहारी आयोजक कमिटी सदस्य नै हुने र विगतको तुलनामा सदस्य संख्यासमेत बढेकाले महाधिवशेन प्रतिनिधि पनि बढ्न सक्ने अवस्था रहेको गौतमको भनाइ छ ।

‘आयोजक भन्दा दुई तिहाइ निर्वाचित भएर आउनुपर्छ’, उनले भने, ‘आयोजक कमिटीमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य हुनेछन् ।’ एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टी सदस्यता सवै मिलिसकेको, जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेकाले महाधिवेशन प्रतिनिधि छान्न कुनै समस्या नरहेको बताए ।

‘सदस्यता प्रमाणीकरणमा समस्या नरहेकाले प्रतिनिधि छनोट गर्न समस्या छैन’, अधिकारीले भने, ‘केन्द्रीय सचिवालयले मापदण्ड बनाएपछि सोही मापदण्डका आधारमा प्रतिनिधि छनोट गरिन्छ ।’

चार वर्षअघि २०७८ साल मंसिरमा चितवनको सौराहामा भएको एमाले दशौँ महाधिवेशनमा २ हजार १५३ जना सहभागी थिए । उक्त महाधिवेशनमा केपी ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला ओलीको चाहानाविपरीत नेता भीम रावलले अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार