होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा संस्थागत क्षमता मुल्यांकनमा बाजुराकै उत्कृष्ट पालिका बन्याे
समाचार

बुढीगंगा संस्थागत क्षमता मुल्यांकनमा बाजुराकै उत्कृष्ट पालिका बन्याे

  • नागरिक रैबार
बुढीगंगा संस्थागत क्षमता मुल्यांकनमा बाजुराकै उत्कृष्ट पालिका बन्याे

बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा नगरपालिका सुदुरपश्चिम प्रदेशमै दोस्रो र बाजुरामा पहिलाे बनेको छ ।
कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो । घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो ।
बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले उत्कृष्ट अंक ल्याउँदै लगातार दोस्रो पटक उत्कृष्ट बनेको हो । २०७९÷८० मा बुढीगंगाले ८४ दशमलव ५० अंक ल्याएर जिल्लाकै पहिलो र सुदूरपश्चिम प्रदेशकै तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।

संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाका आधारमा ९ वटा स्थानीय तहमध्ये सबैभन्दा कमजोर बुढीनन्दा नगरपालिका रहेको छ । बुढीनन्दाले ६१ दशमलव ७५ अंक ल्याएर अन्य पालिकाको भन्दा पछी परेको हो ।

त्यस्तै बडीमालिका नगरपालिकाले ८३ दशमलव ५० अंक ल्याएर जिल्लामा दोस्रो भएको छ भने जगन्नाथ गाउँपालिकाले ८१ दशमलव ५० ल्याएर तेस्रो हुन सफल भएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाले ८१, हिमाली गाउँपालिकाले ७५ दशमलव ५०, त्रिवेणीले ७४ दशमलव ७५, खप्तड छेडेदहले ७३ दशमलव ५० र गौमुलले ६९ दशमलव ५० अंक हासिल गरेका छन् ।

मन्त्रालयको आर्थिक बर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक कार्यक्रमविच स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार