नागरिक रैबार/बाजुरा ११ माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ सोहि गाउँपालिका ५ बिच्छयाका गौरी मलालको घरमा आगलागी हुँदा करिव ८ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् ।
विहिबार साँझ खाना पकाउनका लागि घरभित्र बालेको आगोले घर पुरै जलेर नष्ट भएको छ । त्यस्तै आगलागीबाट घरभित्र रहेका ४ लाख नगद, २ तोला सुन, लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायतका सामान जलेर ७ लाख ९० हजार रूपैयाँ बराबरको क्षति जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु