होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढी प्रभावितलाई आई एन एफ नेपाल बाजुराद्वारा राहत वितरण
समाचार

बाढी प्रभावितलाई आई एन एफ नेपाल बाजुराद्वारा राहत वितरण

  • नागरिक रैबार
बाढी प्रभावितलाई आई एन एफ नेपाल बाजुराद्वारा राहत वितरण

नागरिक रैबार/बाजुरा ७ भदाै । साउन २८ गते कवाडी खोलामा आएको बाढीबाट प्रभावित हिमाली गाउँपालिका वडा नं. ५ का ४७ घरपरिवारलाई आईएनएफ नेपाल बाजुराले राहत सामग्री वितरण गरेको छ।

बाढीबाट प्रभावित परिवारलाई राहत स्वरूप चामल, बोरा, दाल, तेल, नुन र त्रिपाललगायतका आवश्यक सामग्री बितरण गरेकाे हाे।

आईएनएफ नेपालले प्रभावित परिवार मध्ये ३१ वटा आंशिक क्षति भएका घरपरिवार र १६ वटा पूर्ण क्षति भएका घरपरिवारलाई राहत वितरण गरेको आई एन एफ नेपालका सहायक परियोजना अधिकृत शंकर उखेडाले जानकारी दिए।

आईएन एफ नेपाल बाजुरा विगत ७ वर्षदेखि हिमाली गाउँपालिका बाढीबाट सबैभन्दा बढी प्रभावित भई कृषियोग्य जमिन र घर गुमाएका परिवारलाई भविष्यमा जीविकोपार्जनका गतिविधिमार्फत सहयोग गर्ने गरि विभिन्न कामहरू संचालन गरिरहेकाे छ ।

यो राहत वितरण कार्यक्रमले बाढी प्रभावित समुदायलाई तत्कालिन सहायता प्रदान गर्नुका साथै उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पुर्‍याउने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताएका छन् ।

राहत वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गाेविन्द बहादुर मल्ल, गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्की, विपद् जोखिम न्यूनीकरण (डीआरआर) फोकल व्यक्ति जयेन्द्र मल्ल र वडा नं. ५ का वडाध्यक्ष प्रदीप थापाको उपस्थिति रहेको थियो। कार्यक्रमकाे संचालन आई एन एफ नेपालका सहायक परियोजना अधिकृत शंकर उखेडाले गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार