होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • हर्क र शान्तिश्रीको स्वरमा ‘छुट्टिन्या दिन आयो’ देउडागीत सार्वजनिक
मनोरञ्जन

हर्क र शान्तिश्रीको स्वरमा ‘छुट्टिन्या दिन आयो’ देउडागीत सार्वजनिक

  • नागरिक रैबार
हर्क र शान्तिश्रीको स्वरमा ‘छुट्टिन्या दिन आयो’ देउडागीत सार्वजनिक

नागरिक रैबार/बाजुरा ९ जेठ। देउडा गायक हर्क खडायत र चर्चित गायिका शान्तिश्रीको स्वरमा ’छुट्टिन्या दिन आयो‘ बाजुरा घाम छकि २ नामक देउडा गीत सार्वजनिक भएकाे छ ।

बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रका विभिन्न बस्ति तथा पर्यटकीय क्षेत्र पोरखे गढीमा छायांकन गरिएकाे उक्त गीतको म्युजिक भिडियाे शुक्रबार युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा विनाेद बाजुरालीको लय/ एरेन्ज रहेकाे छ भने राजेन्द्र शाह विपिकाे शव्द रहेको छ । गितकाे भिडियाेलाई गायक खडायतले निर्देशन गरेका छन् भने छायांकन जहित बुढाले गरेका हुन् ।

विज्ञापन

बार्जु नामक युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा आरति शाह र राजकुमार सिंह लगायतले अभिनय गरेका छन्।

गायक खडायतले आफ्नो स्वरमा सार्वजनिक भएको गीत सार्है मन परेको बताएका छन् । उनले यो गीतलाई पहिलेका गीत जस्तै माया गरिदिन आग्रह समेत गरेका छन् ।

गायक खडायत २ दशक देखि साँगीतिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनका यस अघि हिरालाल जोखाैं कि, टाढाको बस्यारो भयाे, मेरा बाजुरा, जनचेतनामुलक छाउपडी, ए सुवा दुधका चुवा र बाजुरा घाम छकि लगायतका गीतहरु साँगितिक बजारमा निकै रुचाइएका गीतहरु हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार