बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ मा कोचका रूपमा दुई गायकको प्रवेश भएको छ। सत्यराज आचार्य र खेम सेञ्चुरी शोको नयाँ कोचका रूपमा भित्रिएका हुन्।
यसअघि तेस्रो सिजनमा प्रमोद खरेल, छेवाङ लामा, मेलिना राई र मिलन नेवार कोचका रूपमा थिए। मेलिना र मिलनले भने चौथो सिजनमा पनि कोचका रूपमा निरन्तरता पाएका छन्।
‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को ग्राण्ड फिनालेसँगै ‘द भ्वाइस किड्स-४’ सुरू भएको छ।
‘भ्वाइस किड्स-४’ मा कोच रहेका खेम र मेलिना ‘भ्वाइस अफ नेपाल-६’ मा पनि कोच थिए। भ्वाइसमा पहिलोपटक कोच बनेका खेमकै टिमका प्रतिस्पर्धी विजेता बनेका थिए।
‘भ्वाइस किड्स-४’ को छायांकन सुरू भइसकेको छ। यसको ब्लाइन्ड अडिसनको छायांकन बिहीबारदेखि काठमाडौंको धुम्बाराहीस्थित भ्वाइसको स्टुडिओमा सुरू भएको हो। भ्वाइस किड्समा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन्। शो छिट्टै प्रसारणमा आउने तयारीमा छ।
फेसबुक प्रतिक्रियाहरु