नागरिक रैबार/बाजुरा ११ फागुन । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा आएको छ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्येनजर गर्दै नगरपालिकाले वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा ल्याएको हो ।
उक्त शहरी स्वास्थ्य केन्द्रको आइतबार एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले रिवन काटेर उद्धघाटन् गरेका छन् ।
स्थानीय तहको निर्वाचनपछि सेवा क्षेत्र भित्रका हरेक वडाका नागरिकलाईसहज, सरल र सुलभ तरिकाल गाउँ घरमैे स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले शहरी स्वास्थ्य केन्द्र स्थापना संगै सेवा विस्तार गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् । स्थानीय सरकार सेवा क्षेत्रभित्रका हरेक नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन निरन्तर लागिरहेको नगरप्रमुख खड्काको भनाइ छ।
त्यस्तै शहरी स्वास्थ्य केन्द्र उद्धघाटन् कार्यक्रम मन्तव्य राख्दै नगर उपप्रमुख नन्दा कुमारी थापाले शहरी स्वास्थ्य केन्द्र संचालनमा आएसंगै अव नागरिकहरुलाई घर आँगनमै आधारभुत स्वास्थ्य सेवा लिन सजिलो हुने र शहरी स्वास्थ्य केन्द्रमा थप सेवा विस्तार गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् ।
नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिन सवैको पायक पर्ने ठाउँमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याएको बडीमलिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् । वडा नम्वर ८ को रापक बस्तीका नागरिकहरुलाई घर आँगनमै स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि नगरपालिकाको सहयोगमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी संचालनमा ल्याएको वडा नम्वर ८ का वडा अध्यक्ष थापाले बताएका छन् । आजबाट स्थापना गरि संचालनमा आएको शहरी स्वास्थ्य केन्द्रबाट आधारभुत सेवा लिन स्थानीय नागरिकहरुलाई वडा अध्यक्ष थापाले आग्रह गरेका समेत गरेका छन् ।
नगरपालिकाले रापक शहरी स्वास्थ्य केन्द्रमा अहेव दुर्गा थापा र अनमी राजु बुढालाई नियुक्त गरेको छ ।
यस अघि सो क्षेत्रका नागरिकहरु सामान्य आधारभुत सेवा लिनका लागि समेत एक डेढ घण्टाको दुरीमा रहेको जिल्ला अस्पताल बाजुरामा आएर सेवा लिने गरेका थिए ।
रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा आएपछि नगरपालिकाको केन्द्रदेखि टाढा रहेका वडा २ को घागर ६ को जडागां, विरेखोला, वडा नम्वर ८ को रापक र ९ नम्वर वडाका नागरिकले सो शहरी केन्द्रबाट आधारभुत स्वास्थ्य सेवा लिने भएका छन् । लामो समयपछि घर आँगनमै स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा आएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् ।
वडा नम्वर ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा उद्धघाटन् गरिएको कार्यक्रमको प्रमुख अतिथि अमरबहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि बडमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कमारी थापा रहेकी थिईन् ।
कार्यक्रममा वडा नम्वरका २ का वडा अध्यक्ष डम्बरबहादुर महत, ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, वडा सचिव गोरखबहादुर रावल, प्रेस चौतारी बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु