होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, फाल्गुन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भुमि समस्या समाधान आयोग जिल्ला समितिका सदस्यले लिए सपथ
Breaking News

भुमि समस्या समाधान आयोग जिल्ला समितिका सदस्यले लिए सपथ

  • नागरिक रैबार
भुमि समस्या समाधान आयोग जिल्ला समितिका सदस्यले लिए सपथ

नागरिक रैबार/बाजुरा ११ फागुन। भूमि समस्या समाधान आयोग बाजुराका नियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् ।
आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले आइतबार नवनियुक्त विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराउनु भएको हो ।

नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्ला अध्यक्ष जनक बहादुर राेकायाले जिल्लाको भूमि सम्बन्धी समस्या समाधान गर्न बाजुराका सवै स्थानीय तह र सम्वन्धित सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताएका छन् । उनले जिल्लाका सबैको साथ सहयोग भएमा छिटोभन्दा छिटो भूमि सम्वन्धिको समस्या समाधान गर्न सकिने बताए ।

त्यस्तै सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुुराका प्रमुख तुलसीराम रोकायाले भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जतिसक्दो छिटो लालपुर्जा बितरण गरी भुमि समस्या समाधान गर्न भुमि आयोगका नवनियुक्त सदस्यलाई सुझाव दिएका छन् ।

विज्ञापन

भुमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक बहादुर रोकायाको अध्यक्षतामा आयोजना गरिएको नवनियुक्त विज्ञ सदस्य र अन्य सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लाछु सार्की, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली, जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डे, पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंह लगायतको सहभागिता रहेको थियो । शपथ ग्रहण कार्यक्रम जिल्ला समन्वय समिति बाजुराको सभाहलमा संचालन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार