होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पार्टी कार्यालय राख्ने भवन खोज्दै नेकपा एमाले
देश/प्रदेश

पार्टी कार्यालय राख्ने भवन खोज्दै नेकपा एमाले

  • नागरिक रैबार
पार्टी कार्यालय राख्ने भवन खोज्दै नेकपा एमाले

काठमाडौँ । च्यासलको पार्टी कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी भएर काम नलाग्ने भएपछि नेकपा एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्न सुरु गरेको छ ।

आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य गतिविधि समेत सञ्चालन गर्न मिल्ने अवस्था नभएकाले नयाँ भवनको खोजी गर्नुपरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

आन्दोलनकारीले केन्द्रीय कार्यालयसहित प्रदेश तथा जिल्ला पार्टी कार्यालय समेत आगजनी र तोडफोड भएको एमालेले जनाएको छ । एमाले नेताहरुका अनुसार नेता कार्यकर्ताहरूले काठमाडौँ र ललितपुरमा केही भवनहरू कार्यालयका लागि हेरे पनि टुङ्गो लागिसकेको छैन ।

उनीहरूका अनुसार केही दिनमै महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठक बसेर निर्णय गर्ने तयारी छ । त्यस्तै एमालेले आन्दोलनका क्रममा केन्द्रीय नेताहरूको घर र अन्य क्षतिको विवरणसमेत सार्वजनिक गर्ने तयारी गरेको छ । विवरणहरू संकलन भइरहेकाले केही दिनमै क्षतिबारे जानकारी गराउने कार्यालय सचिव अधिकारीले जानकारी दिए ।

‘प्रदेश–प्रदेशमा क्षतिको विवरण संकलन गरेर पठाउन भनिएको छ । केन्द्रको हकमा पनि विवरण संकलन गर्ने काम भइरहेको छ’, अधिकारीले भने,‘कार्यालयको बैठक बसेपछि क्षतिको विवरण पनि सार्वजनिक हुनेछ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार