नागरिक रैबार/बाजुरा ८ जेठ। बाजुरामा हालसम्म ८५ हजार ९ सय ७८ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाजुराले विहिबार सार्वजनिक गरेको मतदाता नामावलीको तथ्याकं अनुसार जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा महिला पुरुष गरि ८५ हजार ९ सय ७८ जना मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको २०८१ चैत ३१ गतेसम्म जिल्लामा १८ बर्ष उमेर पुरा भएका जिल्लाका ६९ वटै वडाका मतदाताहरुको विवरण सार्वजनिक गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको मतदाता नामावलीको नयाँ तथ्याकं अनुसार सवै भन्दा बढी बुढीगंगा नगरपालिकामा र सवै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेका छन् । २०७९ सालको स्थानीय संघ र प्रदेशको निर्वाचनमा ८२ हजार ६ सय ९० रहेकोमा ३ वर्षको अवधिमा करिव ३ हजार २ सय ८८ मतदाता बढेका हुन् ।
जिल्लाका ९ मध्ये सवै भन्दा बढी बुढीगंगा नगरपालिकामा १४ हजार ५ सय ३० छन् भने जगन्नाथ गाउँपालिकाका सवै भन्दा कम ५ हजार ५ सय ७८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
यसै गरि गौमुल गाउँपालिकामा ६ हजार १ सय ७१, खप्तड छेडेदह गाउँपालिकाका १२ हजार ४२६, त्रिवेणी नगरपालिकामा ११ हजार ८ सय ६६, बडीमालिका नगरपालिकामा १० हजार ३ सय ६५, बुढीनन्दा नगरपालिकाका ११ हजार २ सय ८१, स्वामीकार्तिक खापर गाउँपालिकामा ७ हजार ५ सय १५ र हिमाली गाउँपालिकामा ६ हजार २ सय ४६ जना मतदाता रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु