नागरिक रैबार/बाजुरा ९ माघ।नेकपा एमाले बडीमालिका नगर कमिटीको दोसो अधिवेशनको उद्धघाटन् भोलि हुने भएको छ ।
भोलि हुने उक्त नगर कमिटीको अधिवेशनको उद्धघाटन् पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्ने एमाले बडीमालिका नगर कमिटीका सचिव राजेश पायल विकले बताएका छन् ।
बडीमालिका नगर कमिटीको अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य गगन रावल, पार्टीका जिल्ला अध्यक्ष लालबहादुर ओली लगायतका नेताहरुले अधिवेशनलाई सम्वोधन गर्ने भएका छन् ।
बडीमालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनमा पालिका भरिका ९ वटा वडाबाट छनोट भएका प्रतिनिधिहरु सहभागि हुने भएका छन् । अधिवेशन मार्तडीको खुलामंचमा भव्य रुपमा सम्पन्न गरिने आयोजकले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु