नागरिक रैबार/बाजुरा ९ माघ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका २६ वटा सामुदायिक विद्यालयका करिव ४ हजार विद्यार्थी र शिक्षक कर्मचारीहरुलाई चिसो छल्न न्यानो लुगा वितरण गर्न थालिएको छ ।
मंगलबारबाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षक कर्मचारीहरुलाई चिसो छल्नका लागि न्यानो लुगा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।
अध्यक्ष रोकायाका अनुसार भारतमा बस्ने सामाजिक अभियान्ता विपिनको सहयोगमा स्वामीकार्तिकका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा र शिक्षक/शिक्षिकाहरुका लागि नि: शूल्क र छात्रहरूलाई स: शुल्क स्कुल ड्रेस उपलब्ध गराईएको र उक्त वितरण कार्यक्रम वडा नम्वर ५ काे जेराका विधालयहरूबाट सुरूवात गरेकाे बताएका छन् ।
चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण गरिएको पछि स्वामीकार्तिकका सवै विद्यालयमा पठनपाठनमा सहज हुने गाउँपालिकाले विश्वास लिएको छ ।
फेसबुक प्रतिक्रियाहरु