होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • ट्राभल
  • मार्तडी–कोल्टी सडकमा बस सेवा पुनः सञ्चालन
ट्राभल

मार्तडी–कोल्टी सडकमा बस सेवा पुनः सञ्चालन

  • नागरिक रैबार
मार्तडी–कोल्टी सडकमा बस सेवा पुनः सञ्चालन

बाजुरा मार्तडी-कोल्टी सडकमा करिव चार महिनापछि बससेवा पुनः सञ्चालनमा आएको छ । बर्षा र पहिरोका गएको असार पहिलो सातादेखि अवरुद्ध भएको बस सेवा मंगलबारदेखि पुनः स‌ंचालनमा आएको हो।

मार्तडीबाट महाकाली यातायात प्रालिको बस मंगलवार कोल्टीका लागि छुटेको छ। सडकका खसेको पहिरोलाई पन्छाएर सडक मर्मत गरेसंगै मार्तडी कोल्टी बस सेवा नियमित संचालन भएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले जानकारी दिए ।

मार्तडी-कोल्टी क्षेत्रमा बससेवा संचालनमा आएसंगै तिहार मनाउन घर पुग्ने नागरिकहरुका लागि सहज भएको छ । बस सेवा सञ्चालनमा आएसँगै पूर्विउत्तरी क्षेत्रमा रहेका ४ स्थानीय तहसहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटसम्मका यात्रुहरूलाई महेन्द्रनगर, धनगढी, नेपालगन्ज र काठमाण्डाैसम्मका स्थानमा जान सहज भएको हो। मार्तडी-कोल्टी बसको भाडादर ५ सय कायम गरिएको छ ।

विज्ञापन

यसअघि गत बर्षको ६ पुस २०८१ बाट औपचारिक रुपमा सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको नियमित बस सेवा सूचारु गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • २ महिना अगाडि