होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सूरु
Breaking News

बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सूरु

  • नागरिक रैबार
बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सूरु

नागरिक रैबार/बाजुरा ७ जेठ। बाजुराको बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तथा उद्घोषण तालिम सुरु भएकाे छ ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा उक्त तालिम आजबाट सूरु भएको हो ।

बुढीगंगा नगरपालिकाका विभिन्न माबि तह कक्षा ११ र १२ मा अध्ययन गर्ने विध्यार्थी र क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुका लागि ५ दिने आधारभुत पत्रकारिता तालिम संचालन गरिएको  नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताएका छन् ।

५ दिन सम्म संचालन हुने तालिममा बुढीगंगा नगरपालिका भित्रका विद्यार्थीहरुलाई आधारभुत पत्रकारिताका बारेमा जानकारी गराइने महासंघ बाजुराका अध्यक्ष सिंहले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानिया रहेका छन् ।

तालिमको उद्धघाटन् कार्यक्रममा बाेल्दै नगरप्रमुख बानियाँले आधारभुत पत्रकारिता र उद्घोषण तालिमले नगरभित्रका विद्यार्थीहरुका लागि लाभदायी रहने बताएका छन् । उनले यो तालिमले नगरभित्रका विद्यार्थीहरुलाई पत्रकारिताको विषयमा  सामान्य ज्ञान समेत आर्जन गर्ने बताए ।

तालिममा २० जना भन्दा बढीकाे सहभगीता रहेकाे छ । तालिम फालासैनको बडमालिका होटलको सभाहलमा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार