होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • नगरप्रमुखका स्वकीय सचिव बोहराको रगतले जोगियो नर्माको ज्यान
स्वास्थ्य-जीवनशैली

नगरप्रमुखका स्वकीय सचिव बोहराको रगतले जोगियो नर्माको ज्यान

  • नागरिक रैबार
नगरप्रमुखका स्वकीय सचिव बोहराको रगतले जोगियो नर्माको ज्यान

नागरिक रैबार/बाजुरा ७ जेठ । बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुखका प्रमुख स्वकीय सचिव केशर बोहराले दिएको रगतले कोल्टी अस्पतालमा एकजना सुत्केरी महिलाको ज्यान जोगिएको छ ।

कोल्टी अस्पतालमा सुत्केरी भएपश्चात अत्याधिक रक्तश्राव भएकी सोही नगरपालिका १० कि नर्मा लुहारलाई आवश्यक परेको रगत स्वकीय सचिव बोहराले दिएर ज्यान बचाएका हुन् ।

कोल्टी अस्पतालमा आएकी नर्माको सुत्केरी पश्चात रक्तश्राव भएपछि उनको स्वास्थ्य एकदमै जोखिम बन्दै गएको थियो ।
अस्पतालले नर्मालाई आवश्यक रगत नपाएपछि नगरप्रमुखका स्वकीय सचिव वोहराले रगत दिएको कोल्टी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रेम नेपालीले बताएका छन् ।

विज्ञापन

स्वकीय सचिव बोहराले दिएको रगतले ज्यान जोगिएकी नर्माको स्वास्थ्यमा अहिले क्रमिक सुधार भईरहेको अस्पतालले बताएको छ ।

स्वकीय सचिव बोहराले यस भन्दा अगाडि पनि कोल्टी अस्पतालमा उपचार गर्न आउने जोखिममा् रहेका महिलाहरुलाई आवश्यक रगत दिएर ज्यान जोगाउने गरेका छन् ।

स्वकीय सचिव बोहराले् आफ्‌नो स्वास्थ्यले भ्याएसम्म दुर्गमका विरामीहरुका लागि आवश्यक परेको रगत दिने बताएका छन् ।
जिल्लाका अधिकाँस ठाउँमा विशेष गरी गर्भवती, सुत्केरी महिलाका लागि आवश्यक पर्ने रगत पाउन मुस्किल पर्ने गरेको छ ।

उसो त जिल्ला अस्पताल बाजुरा, कोल्टी अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अस्पतालहरुले व्यवस्थापन गर्न नसक्दा नेपाली सेना, प्रहरीहरुलाई रगतका लागि हार गुहार गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार