होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • नेपाली सेनाले प्रधानसेनापति खुला म्याराथन गर्दै
बडीमालिका

नेपाली सेनाले प्रधानसेनापति खुला म्याराथन गर्दै

१० किमि म्याराथनमा बाजुराकी ज्याेति विकले सहभागीता जनाउँदै

  • नागरिक रैबार
नेपाली सेनाले प्रधानसेनापति खुला म्याराथन गर्दै

काठमाडौ : नेपाली सेनाले २६२औँ सेना दिवसको अवसरमा फागुन १० गते प्रधानसेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ।

१० किमिको म्याराथनमा रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारीकाे तर्फबाट कानुन संकाय कक्षा १२ मा अध्ययनरत छात्रा ज्याेति विक र आयुषा राेका लगाएत ३० जनाकाे सहभागीता रहने सैनिक महाविद्यालयले जनाएको छ ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२औँ सेना दिवसको अवसरमा फागुन १० गते प्रधानसेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने जानकारी दिएको हो।

विज्ञापन

पत्रकार सम्मेलनमा प्रमुख सेनानी नरेश केसीले ४२.१९५ किलोमिटर पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ किलोमिटर महिला र पुरुष दुवैको लागि खुल्ला रहेको बताए।

उनले १० किमिको म्याराथनमा नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवै सहभागी हुनसक्ने बताए। उनले १० किमिको म्याराथन नेपाली सेनाका विभिन्न तहमा कार्यरत कर्मचारी र काठमाडौँ उपत्यकाका अवकाशप्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोराछोरीहरुले पनि भाग लिन पाउने उल्लेख गरे।

उनले ५ किमि वाकाथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरुको लागि राखिएको बताए। उनले ५ किमि सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाउन पाउने बताए।

उनले प्रधानसेनापति खुला म्याराथन–२०८१ मा करिब ३ हजार जनाको सहभागिता हुने अपेक्षा रहेको आँकलन गरे।

उनले प्रधानसेनापति खुला म्याराथन–२०८१ प्रथम हुनेले ३ लाख रुपैयाँ राशिको पुरस्कार पाउने बताए। उनले द्वितियलाई २ लाख रुपैयाँ, तृतीय हुनेलाई १ लाख रुपैयाँ, चौथो हुनेलाई ५० हजार रुपैयाँ, पाँचौँलाई ३० हजार रुपैयाँ, छैठौँलाई २५ हजार रुपैयाँ, सातौँलाई २० हजार रुपैयाँ, आठौँलाई १५ हजार रुपैयाँ, नवौँलाई १० हजार रुपैयाँ र दशौँ हुनेलाई ५ हजार रुपैयाँ रहेको बताए।

उनले २१ किमि हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार रुपैयाँ, द्वितियले ५० हजार रुपैयाँ र तृतीयले ३५ हजार रुपैयाँ पाउने बताए। उनले १० किमि दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार रहेको बताए।

उनले म्याराथन तथा हाफ म्याराथन विजेताहरुलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने बताए। सेनाकाअनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ता गर्न माघ ३० गतेसम्म व्यवस्था गरिएको थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार