होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने
समाचार

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

  • नागरिक रैबार
प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख स्वदेश फर्कनेछन् । भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट निम्ता आएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।२०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओली यसअघि नै भारत भ्रमणमा जान चाहे पनि भारतले निमन्त्रणा गर्न ढिलाइ गर्दा भ्रमण हुन सकेको थिएन ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा प्रधानमन्त्री बनेका ओलीले प्रधानमन्त्री बने लगत्तै भारत भ्रमण हुनसक्ने बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार