होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, फाल्गुन ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीका पूर्व डिएसपी गिन्द्र बोगटीको निधन
समाचार

नेपाल प्रहरीका पूर्व डिएसपी गिन्द्र बोगटीको निधन

  • नागरिक रैबार
नेपाल प्रहरीका पूर्व डिएसपी गिन्द्र बोगटीको निधन

नागरिक रैबार/बाजुरा ८ फागुन। नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरिक्षक (डिएसपी) गिन्द्रबहादुर बोगटीको निधन भएको छ । विहिवार विहान डिएसपी बोगटीको काठमाण्डाै‌ंमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्वर- ३ स्थायी घर भएका डिएसपी बोगटी लामोसमय देखि क्यान्सर रोगका कारण विरामीले थला परेका थिए ।

 २०५१ साल भदाै १६ गते  प्रहरी सहायक निरिक्षक पदबाट नेपाल प्रहरी संगठनमा  प्रवेश गरेका उनले नेपाल प्रहरीको संगठनमा करिव ३० बर्ष सेवा गरेका थिए । २०८१ साउन ७ गते प्रहरी निरिक्षकबाट प्रहरी नायव उपरिक्षक डिएसपी पदमा बढुवा भएका उनको पदबहालीको १ महिनापछि भदाै १४ गते नेपाल प्रहरी संगठनबाट अनिवार्य अवकास प्राप्त भई सेवा निवृत भएर बसेका थिए ।

अन्दाजि ५५ वर्षिया बोगटी २ वर्ष अघि प्रहरी निरिक्षक भएर बाजुरा आएका थिए । बाजुरामा रहँदा प्रहरी निरिक्षक भएर काम गरेका थिए । उनले बाजुरा बसाईको क्रममा ०७९ को स्थानीय र आम निर्वाचनलाई भव्य रुपमा सम्पन्न गर्न सफल भएका थिए । त्यसपछि उनि बाजुरा जिल्लाबाट सरुवा भएर सुदूरपश्चिम प्रहरी गण कैलालीमा सरुवा भएका थिए ।

डिएसपी बोगटीले आफ्नो ३० बर्षे सेवाको अवधिमा नेपाल प्रहरी संगठनमा इमान्दार, वफादार, कर्तब्यनिष्ठ भई आफ्नो दाइत्व र सबल भूमिका निर्वाह गरेका थिए ।

विज्ञापन

प्रहरी संगठनमा हुँदा डिएसपी बोगटीले शान्ति सुरक्षा र अमनचयनमा पुर्याएको योगदान कहिल्यै विर्सननसकिने उनका शुभचिन्तकहरु बताउँछन्  । नेपाल प्रहरीको संगठनमा लामो समय सम्म रहेर देश र जनताको सेवामा समर्पित भएका उनको असामहिक निधनको खबरले प्रहरी संगठन समेत मर्माहित बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार