होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • संविधान बाहिर गए झन् अस्थिरता निम्तन सक्छ: देउवा
Breaking News

संविधान बाहिर गए झन् अस्थिरता निम्तन सक्छ: देउवा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
संविधान बाहिर गए झन् अस्थिरता निम्तन सक्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्न सकिने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितीमा उत्पन्न राजनीतिक ‍जटिलताको समाधान दिने बताएका हुन्।

‘मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै छ,’ उनले भनेका छन्।

संविधानबाहिर गए मुलुक अझै अस्थिरतातर्फ धकेलिने देउवाले बताएका छन्।

‘ राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ ,’ उनले भनेका छन्।

उनले असोज ३ र संविधान नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए।

संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको देउवाले बताएका छन्।

त्यसकारण वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै सबैको साझा दायित्व रहने उनले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै