होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विरेखोला झरनाको प्रवर्द्धनका लागि देउडा कार्यक्रम, एकै दिन गरे ३ हजार बढिले भ्रमण
समाचार

विरेखोला झरनाको प्रवर्द्धनका लागि देउडा कार्यक्रम, एकै दिन गरे ३ हजार बढिले भ्रमण

  • नागरिक रैबार
विरेखोला झरनाको प्रवर्द्धनका लागि देउडा कार्यक्रम, एकै दिन गरे ३ हजार बढिले भ्रमण

राजेन्द्र विक बाजुरा,३साउन। बाजुराको बडीमालिका नगरपालिका ६ र ८ को सीमा क्षेत्र रापकमा पर्ने विरेखोला झरनाको एकैदिन ३ हजार जना आन्तरिक पर्यटकले भ्रमण गरेका छन्। साउने संक्रान्तिको अवसरमा बिहिवार बिरेखोला झरना स्थलमै गरिएको लाइभ देउडा कार्यक्रम संगै झरनाको प्रत्यक्ष टिकट काटेरै एक हजार भन्दा बढि र बाहिर बाटै करिब २ हजार आन्तरिक पर्यटकले अवलोकन गर्नुभएको हो।

झरनाको व्यापक प्रचार-प्रसार र प्रवर्द्धन गर्न बडीमालिका सामुदायिक विकास समाजले झरना स्थलमै लाइभ देउडा आयोजना गरेको थियो । बडिमालिका नगरपालिका र सामाजिक विकास कार्यालयको सहयोग तथा वडा कार्यालयको समन्वयमा गरिएको लाइभ देउडा कार्यक्रममा जिल्लाभरी बाट करिब ३ हजार आन्तरिक पर्यटकको सहभागिता भएको भए पनि टिकटै काटेर एक हजार भन्दा बढिले बिरेखोला झरना भ्रमण गरेका विरेखोला विकास समितिका ब्यबस्थापक ललिता साउदले बताउनुभयो ।

बाजुरा सदरमुकाम मार्तडीबाट ६ किलोमिटर र छिमेकी जिल्ला अछामबाट ५० किलोमिटरको दुरिमा पर्ने विरेखोला झरना सांफे मार्तडी सडक खण्डको छेउमै पर्ने हुँदा जो कोहीका लागि सहज रुपमा रमाउने माध्यम बनेको छ।

विज्ञापन

बर्षायाम लागे संगै अषाढ देखि कार्तिक महिना सम्म वीरेखोला झरना बालकदेखि वृद्ध सम्मका लागि घुम्ने प्रमुख केन्द्रका रुपमा स्थापित हुँदै गएकाले यसको प्रवर्द्धनका लागि लाइभ देउडा आयोजना गरिएको सामुदायिक विकास समाज बाजुराका अध्यक्ष अमरबहादुर विकले बताउनुभयो ।

बडीमालिका नगरपालिकाले वीरेखोला झरनालाई आन्तरिक पर्यटन विकासको प्रमुख गन्तव्यको सूचीमा राखेको छ। झरनालाइ थप व्यवस्थित र आकर्षक बनाउने गरि योजना अगाडि बढाइएको नगर प्रमुख अमर खड्काले बताउनुभयो ।

वीरेखोला झरना स्थानीय व्यापारीका लागि राम्रो आम्दानीको श्रोत बनेको छ । सदरमुकाम मार्तडी आउने जो कोहि सहजै पुग्न सकिने यो झरनाको लम्बाइ दुई सय मिटरभन्दा बढी रहेको छ ।

एक सिजनमा मात्र एक लाख भन्दा बढीले यो झरनाको प्रत्यक्ष अवलोकन गर्ने गरेको तथ्यांक यसअघिका बर्षहरुमा रहेको छ।हाल प्रत्येक दिन ६ सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक बिरेखोला झरना अवलोकनका लागि आउने गरेका छन्।झरना घुम्न आउने पर्यटकहरूमा बाजुरा लगायत छिमेकी अछाम,र बझाङ जिल्लाका समेत रहेका छन्।

झरना क्षेत्रको भौतिक विकास थप बिस्तार गर्न सके बिदेशी पर्यटक हरुलाइ समेत लोभ्याउन सक्ने र यस क्षेत्रको विकासमा टेवा पुग्ने स्थानियको बिश्वास रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै