



नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को मंगलबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
निर्धारित २० ओभर खेन्दै ३ विकेटको क्षतीमा कर्णाली याक्सले १६६ रन बनाएको हो । कर्णालीका लागि प्रयाङ्क पन्चालले ४७ बलमा सर्वाधिक ९० रन बनाएर आउट भएका थिए । टस जितेर चितवले कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो ।
टीयु क्रीकेट मैदानमा भइरहेको खेलमा कर्णाली याक्स सोमपाल कामीको नेतृत्वमा मैदानमा छ भने, चितवन राइनोजलाई कुशल मल्लले समालेका छन् ।





फेसबुक प्रतिक्रियाहरु