होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक २, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अपराधी पक्राउ र हतियार फिर्ता नभएसम्म चुनाव हुँदैन : ओली
देश/प्रदेश

अपराधी पक्राउ र हतियार फिर्ता नभएसम्म चुनाव हुँदैन : ओली

  • नागरिक रैबार
अपराधी पक्राउ र हतियार फिर्ता नभएसम्म चुनाव हुँदैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरार अपराधी र लुटिएका हतियार नियन्त्रणमा नआएसम्म देशमा चुनाव सम्भव नहुने दाबी गरेका छन्।

शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा ओलीले भने “१२ सयभन्दा बढी प्रहरीले प्रयोग गर्ने हतियार र एक लाख गोली लुटिएको छ, पाँच हजारभन्दा बढी कैदी बन्दी बाहिर छन्, यस्तो अवस्थामा चुनावको नाटक गरिँदैछ,”

उनले जेनजी आन्दोलनका क्रममा आफूलाई फसाउन खोजिएको आरोप लगाउँदै भने, “शान्ति सुव्यवस्था एमालेकै कारण कायम छ, उल्टै आन्दोलनको नाममा अराजकतालाई प्रोत्साहन दिइयो।”

ओलीले दललाई चुनावमा भाग लिन नदिएर एकलौटी चुनाव गर्ने तयारी भइरहेको टिप्पणी गर्दै संसद् पुनःस्थापना हुने दाबी समेत गरे।

उनको प्रश्न थियो, “दललाई चुनावमा जानै नदिएर कस्तो चुनाव हुन्छ ? अपराधी पक्राउ नगरी, हतियार फिर्ता नगरी चुनाव भन्नु कस्तो शासन ?”

जेनजीहरुले देश राम्रो बनाउन चाहे पनि बर्बाद बनाइएको बताउँदै अध्यक्ष ओलीले जसलाई सुरक्षा चाहिएको छैन उसलाई राम्रो सुरक्षाको व्यवस्था भएको तर चाहिनेलाई नभएको बताए । उनले भने– ‘जसलाई सुरक्षाको थ्रेट छ त्यसको सुरक्षा फिर्ता गरिएको छ, यो कुरा भनियो भने सरकारलाई रिस उठ्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै