होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुशिलालाई प्रधानमन्त्री बनाउन ओलीले नै सिफारिस गरेका हुन् : प्रचण्ड
देश/प्रदेश

सुशिलालाई प्रधानमन्त्री बनाउन ओलीले नै सिफारिस गरेका हुन् : प्रचण्ड

  • नागरिक रैबार
सुशिलालाई प्रधानमन्त्री बनाउन ओलीले नै सिफारिस गरेका हुन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको सिफारिसपत्र आफूले पढेको दाबी गरेका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “हामीले उहाँले पठाएको चिठी हेरेका छौं।”

प्रचण्डका अनुसार ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई कार्कीलाई ‘कामचलाउ प्रधानमन्त्री’ नियुक्त गर्न पत्र पठाएका थिए।

भदौ २७ गते सुशिला कार्की प्रधानमन्त्री बनेकी थिइन्। त्यतिबेला राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि “तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरिएको” उल्लेख छ। तर सो सिफारिसपत्र भने सार्वजनिक भएको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार