होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • ठुलीसाँगु खोलामा अस्थायी काठेपुल निर्माण
Breaking News

ठुलीसाँगु खोलामा अस्थायी काठेपुल निर्माण

  • नागरिक रैबार
ठुलीसाँगु खोलामा अस्थायी काठेपुल निर्माण

नागरिक रैबार/बाजुरा २ साउन। मार्तडी-गाैमुल जाेड्ने ठुलीसाँघु खोलामा अस्थायी काठेपुल निर्माण गरिएको छ । खोलामा रहेकाे पुरानो पुल ठेकेदारले भत्काएपछि १ महिनादेखि आउजाउमा समस्या हुँदै आएको थियो ।

बर्षातको समयमा खोलामा पानीको बहाव बढेपछि नागरिकहरुलाई आवतजावतमा समस्या भएको भन्दै बडीमालिका नगरपालिकाको सकृयतामा हाललाई अस्थायी काठेपुल निर्माण गरिएको छ ।

खोलामा पुल निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएपछि नागरिकहरुले सास्ती खेप्दै आएको थिए । यसअघि उक्त खोलामा रहेको मोटरसाइकल सहित हिड्ने काठेपुल समेत भत्काएपछि आवतजावतमा समस्या हुदैँ आएको छ ।

नागरिकहरुको दैनिक आउजाउलाई मध्येनजर गर्दै उक्त खोलामा मोटरसाइकल सहित चलाउन मिल्ने गरी अस्थायी काठेपुल निर्माण गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काले बताएका छन् । उक्त खोलामा काठेपुल निर्माण गरेसँगै बडीमालिका नगरपालिका सहित गाैमुल गाउँपालिकाका नागरिकहरुलाई सदरमुकामसम्म आवतजावतमा सहजता हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार