बाजुराको बुढीगंगा नगरपालिकाले पालिकामा कार्यरत करार, ज्यालादारी र अस्थायी रूपमा कार्यरत कर्मचारीहरूको करार अवधि थप नगर्ने निर्णय गरेको छ ।
नगरपालिकामा बिहीबार बसेको ४९औं कार्यपालिका बैठकले हाल कार्यरत करिब एक सयभन्दा बढी अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि काममा नलगाउने निर्णय गरेको नगरप्रवक्ता हेरमाराज जैशीले जानकारी दिएका छन् ।
संघीय तथा प्रदेश सरकारले जारी गरेको ऐनअनुसार पालिकामा अस्थायी रूपमा कार्यरत कर्मचारीहरूको करार अवधि थप नगर्ने निर्णय गरेको हो ।
फेसबुक प्रतिक्रियाहरु