नागरिक रैबार/बाजुरा १ साउन। बाजुरामा असारको अन्तिम सम्ममा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत जेठ दोस्रो हप्तादेखि सुरु भएको धान रोपाइँ अहिले सम्म जम्मा ८४ प्रतिशत सम्पन्न भएको हो ।
लामो समयसम्म परेको खडेरीका कारण असार अन्तिम सम्म जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८४ प्रतिशत धान रोपाइँ सम्पन्न गरिएको भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
खोलाका किनारमा भएका खेतियोग्य ठाउँहरुमा गएको जेठ दोस्रो साताबाट धान रोपाइँ सुरु भएको र सिचाईको सुविधा नभएका र आकाशे पानीको भरमा गरिने ठाउँमा भने साउन दोस्रो हप्तासम्म धान रोपाइँ हुने गरेको गरेको छ ।
बाजुराका अधिकांश खेतियोग्य जमिनमा सिँचाइको सुविधा छैन । सिंचाई कुलोको सुविधा र खोला किनारमा भएका जमिनहरुमा असार १५ मै रोपाइँ सम्पन्न हुने गरेको छ ।
तर सिँचाइ सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा साउन दोस्रो हप्ता सम्म पनि धान रोपाई गरिदै आएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेका त्रिवेणी, बुढीगंगा, बडीमालिका, गौमुल र खप्तड क्षेडेदह गाउँपालिकामा यस वर्ष निरन्तर पानी परेपछि समयमै धान रोपाई सम्पन्न भएको छ ।
त्यस्तै जिल्लाकै पुर्विउत्तरी क्षेत्रमा रहेका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा भने पानी नपरेपछि धान रोपाईमा ढिलाई भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख जसीराम सहानीले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बाजुरामा ७ हजार ३ सय ३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेकोमा असार अन्तिमसम्ममा करिव ५ हजार २ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ ।
फेसबुक प्रतिक्रियाहरु