होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकामा वृहत कृषि मेला प्रर्दशनी
देश/प्रदेश

बडीमालिकामा वृहत कृषि मेला प्रर्दशनी

  • नागरिक रैबार
बडीमालिकामा वृहत कृषि मेला प्रर्दशनी

नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले शुक्रबार बृहत कृषि मेला प्रदर्शनी गरेको छ । नगरभित्रका कृषकहरुले उत्पादन गरेका स्थानीय तरकारी,फलफुल,नगदे तथा अन्न बालीहरुको मेलामा प्रदर्शनी गरिएको हो ।

“कृषि शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधार, बडीमालिकाको समृद्धीको प्रमुख आधार” भन्ने नारा सहित एकदिने बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो ।

नगरपालिकाको कृषि शाखाको आयोजना र कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा कृषकहरुलाई प्रोत्साहन गर्न र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि कृषि मेला प्रदर्शनी गरिएको नगर प्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

विज्ञापन

बृहत कृषि मेला प्रदर्शनीमा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी,नगदे र अन्नबालीहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका बालीहरुको मुल्याङ्कन गरी उनीहरुलाई पुरस्कार वितरण गरिने छ ।

 नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो ।रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्दै लैजाने गरी मेला गरिएको कृषि शाखाका प्रेम महतले जानकारी दिएका छन् ।

बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रममा नगरका ९ वटै वडाका कृषकहरुले उत्पादनहरु खाद्यान्न बाली समुह अन्तर्गत (धान,गहुँ,जौ,मकै,तथा रैथाने बाली) फलफूल बालि समूह अन्तर्गत (हागा सहित सुन्तला जात,आरु,अम्बा,किवी आदी) प्रदर्शनीमा राखिएका छन ।

त्यस्तै नगदे तथा विविध बाली समूह (मौरी,मह,च्याउ,आदि) मसला बाली समूह तर्फ (अदुवा,बेसार,लसुन,धनिया आदि) आलु तथा जरे बाली समुह तर्फ (प्याज,मुला,आलू, पिँडालु आदि) लहरे तरकारी बाली तर्फ (जुकेनी,फर्सी,काक्रा,सिमि,बोडी आदि) र फल तथा पातजन्य तरकारी तर्फ (रायो,बन्दा,काउली,टमाटर आदी) तरकारी,बालीनाली तथा फलफूलहरुको प्रदर्शनी गरिएको छ ।

बडिमालिका नगरपालिकाको आयोजनामा विभिन्न स्थानीय उत्पादनहरू, उन्नत बीउबिजन, जैविक मल, आधुनिक कृषि उपकरण तथा प्रविधिहरूको प्रदर्शनी गरिएको छ । कृषकहरूले आफ्ना उत्पादनहरू प्रदर्शनी मार्फत जनसमक्ष प्रस्तुत गर्दै स्टलमा प्रदर्शनमा राखिएका थिए ।

कार्यक्रममा नगरपालिकाको कृषि क्षेत्रका गतिविधि, तालिका र जानकारी समेटिएको भित्ते पात्रो समेत विमोचन गरिएको थियो। कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई नगद पुरस्कार सहित सम्मान गरिनुका साथै सम्पूर्ण विधाका उत्कृष्ट कृषि उपजलाई आकर्षक पुरस्कारको समेत व्यबस्था गरिएको थियो ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा पुर्व प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
कृषि शाखाका रमेश विकले संचालन गरेको स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार