होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रवि जेल गएपछि सर्‍यो रास्वपाको पहिलो महाधिवेशन, अब फागुन पहिलो साता
देश/प्रदेश

रवि जेल गएपछि सर्‍यो रास्वपाको पहिलो महाधिवेशन, अब फागुन पहिलो साता

  • नागरिक रैबार
रवि जेल गएपछि सर्‍यो रास्वपाको पहिलो महाधिवेशन, अब फागुन पहिलो साता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन मिति सरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशनको नयाँ मिति तोकेको हो । सकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने जेल गएसँगै रास्वपाको महाधिवेशन वैशाखबाट आगामी फागुनसम्मलाई सारिएको हो ।

रास्वपा कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बसेको बैठकले नयाँ महाधिवेश मिति तोक्दै २०८२ असोजसम्म वडा अधिवेशन गरिसक्ने निर्णय लिएको छ । त्यसैगरि कात्तिकसम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन र माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने नयाँ तालिकाले रास्वपाले तय गरेको छ ।

विज्ञापन

त्यसपछि आगामी फागुन ७ ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिले सर्वसम्मतरुपमा गरेको हो ।यसअघि पहिलो महाधिवेशन यही वैशाख तेस्रो साता गर्ने निर्णय राष्ट्रिय भेलाले गरेको थियो । तर तयारी नपुगेको भन्दै रास्वपाले महाधिवेशन मिति सारेको हो ।

सहकारी ठगी आरोप लागेपछि साढे ५ महिनासम्म रवि पार्टी कामबाट बाहिर थिए । तर उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दियो ।

चैत १७ गते पार्टी काममा फर्किएका रविलाई उच्च अदालतले जेल पठाउने आदेश दिएसँगै रास्वपाको महाधिवेशन यही वैशाखमा नहुने पक्का भएको थियो । रविको मुद्दामा सर्वोच्च अदालतले आदेश दिन बाँकी छ ।

यदि सर्वोच्चको आदेशमा रवि छुटेमा फागुनमा हुने महाधिवेशनबाट पनि उनै सभापतिमा दोहोरिने करिब निश्चित छ । तर यदि सर्वोच्चले उच्चको आदेश सदर गरिदिएमा रविको जेल बसाइ लम्बिन सक्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार