हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुराको जगन्नाथ गाउँपालिका–३, बेर्मा नजिकैको भलिया बगरमा दुर्घटनामा परेको छ।
हुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरकाे बस बिहिवार दिउसाे दुर्घटनामा परेकाे हाे ।
घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगुका १८ वर्षीय विशाल बिक, दैलेखकी दिपा सोनाम, र ४५ वर्षीया प्रेमकला दमाई रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको र अहिले बेर्मा बजारस्थित गोपाल मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसमा २३ जना सवार थिए। चालक सुर्खेतका दीपक बिक रहेका छन्। प्रहरीले दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान जारी रहेको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु