होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८२
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • वीरेखोला झरनाको प्रर्वद्धनका लागि लाइभ देउडा हुने
बडीमालिका

वीरेखोला झरनाको प्रर्वद्धनका लागि लाइभ देउडा हुने

  • नागरिक रैबार
वीरेखोला झरनाको प्रर्वद्धनका लागि लाइभ देउडा हुने

प्रमित विक–बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमा क्षेत्रमा पर्ने वीरेखोला झरनामा लाइभ देउडा हुने भएको छ । केही वर्षयता आन्तरिक पर्यटकको गन्तव्य बनेको वीरेखोला झरनाको प्रचार प्रसार तथा प्रर्वद्धनका लागि लाइभ देउडा कार्यक्रम सञ्चालन गरिने भएको हो ।
साउने सक्रान्तिको अवसर पारी भोली साउन १ गते विहीबार वीरेखोला झरनामा देउडीया विस्ना विष्ट र पुने दानीबीच लाइभ देउडा सञ्चालन गरिने बडीमालिका नगरपालिका उप–प्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।
स्थानीय लोक संस्कृतिको पहिचान, देउडाको संरक्षण र पर्यटन प्रर्वद्धनका लागि बडीमालिका नगरपालिका र सामाजिक विकास कार्यालय बाजुराको सहयोग तथा वडा नं.६ र ८ को समन्वयमा देउडा विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताएकी छन् ।
बाजुरेलीको मौलिक परम्परा र संस्कृतिलाई झल्काउने कार्यक्रम भव्य हुने भएको छ । देउडा कार्यक्रममा पुरुषहरु दाउरा–सुरुवा, कोट र महिलाहरु मखमली रातो चोली, कटन धोती र सेतो पटुकी सहितको पहिरनमा सजिएर देउडा विशेष कार्यक्रम हुने भएको छ । देउडामा भाग लिने सबैलाई मौलिक पहिरनमा उपस्थित हुन जानकारी गरेको छ ।
बाजुरा सदरमुकाम मार्तडीबाट ६ किलोमिटर दुरीमा पर्ने वीरेखोल झरना हेर्ने र रमाउनेको संख्या वर्षेनी बढ्दै गएको छ । असारदेखि काक्तिकसम्म रमाउने र घुम्ने प्रमुख केन्द्रको रुपमा पनि परिचित छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै