नागरिक रैबार/बाजुरा ३२ असार। बाजुरामा यो वर्ष मुद्धा दर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा दर्ताको संख्या बढी भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
यो वर्ष १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला न्यायधिस सन्जिव पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । गएको वर्षको तुलनामा दर्जन बढी मुद्दा थपिएका छन् ।
अदालतले यो आर्थिक वर्षमा १ सय ८० मध्ये १ सय ३३ वटा मुद्दा फर्च्यौट गरेको छ । यो पनि गएको आर्थिक वर्षको तुलनामा उल्लेख्य प्रगति भएको बाजुरा जिल्ला अदालतले बताएको छ ।
गएको वर्षका थपि आएका फछ्यौट हुन बाँकी ७९ वटा र यो वर्षका १ सय ११ गरि १ सय ८० मुद्दा अदालतमा परेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
ती मध्ये १ सय ३३ वष फैसला भइसकेका छन् । भने ४७ वटा फछ्यौट हुन बाँकी रहेका छन् । पहाडी जिल्लाको तुलनामा मुद्दाको संख्या धेरै भएको अदालतले बताएको छ ।
उजुरी आएका मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा छन् । भने त्यो भन्दा पछि वैवाहिक बलात्कार सहीत जवरजस्ती करणीका रहेका छन् । यो वर्ष दर्ता भएका १ सय ११ मध्ये २५ वटा मुद्धा सम्बन्ध विच्छेदका मात्रै रहेका छन् ।
दर्ता भएका एक सय ११ मुद्धामा सम्बन्ध विच्छेदका २५ वटा,लागु औषध चरेशको ६ वटा,बहु विवाह तथा बाल विवाह १३ वटा,अंशबण्डा ४,जवरजस्तीकरणी १२ वटा मुद्धा अदालतमा दर्ता भएका छन् ।
यस्तै बैकिङ्ग कसुर ४, आपराधिक उपद्र गर्न नहुने ४, अभद्र व्यवहार ७, डाँका चोरी, ३ ज्यान मार्ने उद्योग ५, हातहतियार खरखजना ६ कुटपिट २, क्षतिपुर्ति २ कर्तव्य ज्यान ४, जुवा १, मानाचामल १, सवारी ज्यान ३ जग्गा खिचलो १ र घरेलु हिंसा र रिट १ रहेका छन् ।
यसैगरी जिम्मेवारीबाट सरेर आएका ६९ मध्ये सम्बन्ध विच्छेद ११,लागुऔषध चरेश हिरोइन १, बहुविवाह तथा बाल विवाह ७, अंशवण्डा १, जवरजस्तीकरणी ११, बैकिङ्ग कसुर २, आपराधिक उपद्र गर्न नहुने १, नाता कायम १, ज्यान मार्ने उद्योग ७ हात हतियार तथा खर खजना २ रहेका छन् ।
यस्तै कुटपिट ३, आत्महत्या दुरुत्साहन ३, कर्तव्य ज्यान ३, चेक अनादर ३, माना चामल २, सवारी ज्यान २, गर्भपतन २, लेनदेन १, जातिय भेदभाव तथा छुवाछुत १ र राष्ट्रिय परिचय पत्र १ मुद्धा सरेर आएको जिल्ला अदालत बाजुराको तथ्यांकमा रहेको छ ।
गत वर्ष सरेर आएका र नयाँ दर्ता भएका मुद्धा मध्ये एक ३३ मुद्धामा सम्बन्ध २४ वटा, लागु औषध तथा हिरोइन ७, बहु विवाह तथा बाल विवाह १६ वटा, अंशबण्डा २, जवरजस्तीकरण १६ बैङ्गक कसुर ३, आपराधिक उपद्र गर्न नहुने ७, अभद्र व्यवहार गर्न नहुने ६,नाता कायम १, ज्यान मार्ने उद्योग ११, हातहतियार खरखजना ६ मुद्धा फैसला भएका छन् ।
यस्तै कुटपिट ५, आत्महत्या दुरुत्साहन ३, कर्तव्य ज्यान २, चेक अनादर ३, माना चामल २, सवारी ज्यान ५, गर्भपतन २, घरेलु हिंसा १, लेनदेन ५, जातिय विभेद तथा छुवाछुत १,राष्ट्रिय परिचय पत्र १, चोरी २, जुवा १ पुनरावेदन १ गरी एक सय ३३ मुद्धा बाजुरा जिल्ला अदालतबाट फैसला भएको बाजुरा जिल्ला अदालतका श्रेस्तेदार शंकर प्रसाद अधिकारीले जानकारी दिएका छन् ।
जिल्ला न्यायधिश सञ्जीव पोखरेलको अध्यक्षतमा संचालन भएको अन्तरक्रिया कार्यक्रममा बाजुरा जिल्ला अदालतका श्रेस्तेदार शंकर प्रसाद अधिकारी,नेपाल बार एसोसियसन बाजुराका अध्यक्ष पुरबहादुर रावत र जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध पत्रकार सहभागी थिए ।
फेसबुक प्रतिक्रियाहरु