होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरा क्याम्पसको स्ववियुले गर्यो भित्तेपात्रो विमोचन
Breaking News

बाजुरा क्याम्पसको स्ववियुले गर्यो भित्तेपात्रो विमोचन

  • नागरिक रैबार
बाजुरा क्याम्पसको स्ववियुले गर्यो भित्तेपात्रो विमोचन

नागरिक रैबार/ बाजुरा २ जेठ । बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले २०८२ को सालको क्यालेण्डर विमोचन गरेको छ । शुक्रबार एक कार्यक्रमका विच बाजुरा क्याम्पसमा उक्त क्यालेण्डरको बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्काले विमोचन गरेका हुन् ।

स्ववियुले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डरमा बाजुरा क्याम्पसमा वर्ष भरि गरिने क्रियाकलापहरु समेत राखिएका छन् । क्यालेण्डर विमोचन गर्दै नगरप्रमुख खड्काले क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न यो क्यालेण्डरले सहज हुने बताए ।

वर्षभरिको मिति, तिथि, चाडपर्व, दिवस लगायत विषयहरुमा बाजुरा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई जानकारी गराउन क्यालेण्डर प्रकाशन गरिएको बाजुरा क्याम्पस स्ववियु सभापति लक्ष्मण रोकायाले बताए ।

विज्ञापन

बाजुरा क्याम्पस स्ववियु सभापति लक्ष्मण रोकायाको अध्यक्षतामा आयोजना गरिएको भित्तेपात्रो विमोचन कार्यक्रमको प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौले, निबर्तमान क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित लगायत अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन स्ववियु सचिव बलबहादुर खड्काले गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार