होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • चितवनका एक व्यक्तिले गरे छोरी र भतिजको हत्या
अपराध

चितवनका एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • नागरिक रैबार
[sharethis-inline-buttons]
चितवनका एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरेका छन्।

चितवनको भरतपुर महानगरपालिका- २५ शुक्रनगरका लिलाराज गिरीले छोरी सात वर्षकी प्रभा गिरी र दाजुका छोरा ५ वर्षका सजन गिरीको हत्या गरेका चितवन प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ४२ वर्षका गिरी मानसिक रोगी थिए। उनले मानसिक रोगको औषधी पनि सेवन गरिरहेका परिवारका सदस्यले बताएका छन्।

उनले आज बिहान १० बजेतिर बालबालिकालाई खुर्पा प्रहार गरेर हत्या गरेपछि आफ्नो घाँटीमा पनि प्रहार गरेका थिए। उनी पनि गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै