होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
राजनीति

प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी

  • नागरिक रैबार
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन कुराकानी भएको छ ।आजबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड लगायतका शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला पुगेका थिए ।

देउवासँग कुराकानी भएको जानकारी प्रचण्ड आफैँले शुक्रबार सञ्चारकर्मीलाई बताएका थिए । ‘डडेलधुरा शेरबहादुर देउवाको जिल्लाले चिनिन्छ । उहाँसँग कुराकानी भएको थियो । मेरो जिल्लामा तपाईंलाई स्वागत छ भन्नुभयो । उहाँले अभियान सफल रहोस् भनेर शुभकामना दिनुभयो । अन्य दलका नेताहरूले पनि हामीलाई न्यानो स्वागत गर्नुभएको छ’, प्रेस सेन्टर नेपाल डडेलधुराले गरेको पत्रकार सम्मेलनमा उनले भनेका थिए ।

यद्यपि दुई नेताबिच टेलिफोन कुराकानी बिहान भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । अभियानको क्रममा देउवाको गृह जिल्लामा भएकाले जानकारीमूलक कुराकानी भएको आचार्यले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार