नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख जंगविर सुनारलाई पत्नी शोक परेको छ । उनकी पत्नी पार्वती सुनारको ५१ वर्षको उमेरमा गएराती उपचारका क्रममा निधन भएको हो ।
पारिवारिक श्रोतका अनुसार काठमाण्डाैमा रहेकाे विरेन्द्र शैनिक अस्पताल छाउनीमाउनको मुटु , सुगर तथा थाइराइडको उपचार भईरहेको बेला निधन भएको हो ।
लामो समयदेखि मुटु रोगको समस्याले ग्रसित बनेकी सुनारको उपचारको क्रममा मृत्यु भएको हो । उनको आज नै पशुपति आर्यघाटमा अन्येष्टि गरिने बुझिएको छ । मृतक सुनारको जिल्लाको बुढीनन्दा नगरपालिका-६ काेटीला स्थायी घर हो भने उनको सपरिवार २५ वर्षदेखि सदरमुकाम मार्तडीमा बसोबास गर्दै आएका थिए ।
फेसबुक प्रतिक्रियाहरु