नागरिक रैबार/बाजुरा ४ फागुन । बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन् नसकेपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते भएकी अन्दाजि ३५ वर्षिया विश्ना पाध्यायको उपाचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर शुनिल कुमार शाहले बताएका छ्न् ।
घाइते भएकि विश्नाको गर्भमा ७ महिनाको बच्चा रहेको डाक्टर शाहले बताएका छन् । त्यस्तै बसको ठक्करबाट घाइते भएका अन्दाजि ५ वर्षका नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको थियो।
धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले बुढीगगा नगरपालिका २ स्थित बल्देबजार नजिकै रहेको पसलमा छोरा सहित घाम तापेर बसिरहेकी विश्ना र उनका छोरा नयनलाई बसले ठक्कर दिएको थियो ।
बसको ठक्करले घाइते भएका आमा छोरा दुवैलाई जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याइएको थियो । भने बालकको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गम्भिर घाइते भएका बालकको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएपछि सोही घटनालाई लिएर उनको परिवारले साँफे- मार्तडी राजमार्ग विहानैदेखि अवरुद्ध गरेका छन् । प्रहरीले बस चालक ४० वर्षीय उपेन्द्र मडै र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु