होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, माघ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गाैमुलमा फलेको सुन्तला मार्तडी बजारमा विक्रि हुँदै
Breaking News

गाैमुलमा फलेको सुन्तला मार्तडी बजारमा विक्रि हुँदै

  • नागरिक रैबार
गाैमुलमा फलेको सुन्तला मार्तडी बजारमा विक्रि हुँदै

 नागरिक रैबार/बाजुरा ३ माघ । गौमुल गाउँपालिकाका कृषकहरुको बारीमा फलेको अर्गानिक सुन्तला सदरमुकाम मार्तडीबजारमा विक्री हुन थालेको छ । गाउँपालिकाको ४ नम्वर वडाको रेडिखेल्नामा उत्पादन भएको सुन्तला कृषि ज्ञान केन्द्रले बजारीकरणका लागि  ढुवानी अनुदान सहयोगमा सदरमुकाम ल्याएर बिक्री गर्न थालिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम सहानिले बताएका छन् ।

ढुवानी र बजारीकरणको अभावमा कृषकको बारीमै थन्किएको सुन्तला बिक्रीका कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानबाट बजारसम्म ल्याएको छ ।

गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान सहयोग गरेपछि मार्तडी बजारसम्म सुन्तला पुगाएको कृषकहरुले बताएका छन् । मार्तडी बजारमा अहिले सुन्तलाको प्रतिकेजी एक सय रुपैयाँमा बिक्री भइरहेको छ।

विज्ञापन

गाैमुल गाउँपालिकाकाे समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले कृषकलाई सहुलियत हाेस भन्ने उदेस्यले मार्तडी सम्म ढुवानीका लागि समन्वय गरेको गाैमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन । पछिल्लो समय जिल्लामा कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिन थालेपछि फलफूल तथा कृषि उपज वस्तुहरु बजारीकरण तथा बाहिर निर्यातमा वृद्धि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार