होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका नगरपालिकाले बजार क्षेत्रमा सवारी पार्किङ गर्न नदिने
देश/प्रदेश

बडीमालिका नगरपालिकाले बजार क्षेत्रमा सवारी पार्किङ गर्न नदिने

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाले बजार क्षेत्रमा सवारी पार्किङ गर्न नदिने

बाजुराकाे बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रमा अव्यवस्थित पार्किङ र सडक छेउछाउमा थुप्रिएको निर्माण सामग्री हटाउन ७ दिने अल्टिमेटम जारी गरेको छ। नगर कार्यपालिकाले २८ गते एक सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवसायीलाई बसपार्क बाहिर सवारी पार्किङ नगर्न  निर्देशन दिएको हो।

सूचनामा मुख्य राजमार्गलगायत सडक छेउमा राखिएको गिट्टी, बालुवा, ढुंगा, इँटाजस्ता निर्माण सामग्री तुरुन्त हटाउन आग्रह गरिएको छ। नगरपालिका अन्तर्गतका सडक तथा सार्वजनिक स्थानमा अनधिकृत रूपमा पार्किङ भएको पाइएमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

नगरपालिकाले वडा नं. ४, ५, ६, ७, ८ र ९ भित्र निर्माण सामग्रीसहितका संरचना ७ दिनभित्र हटाउन सम्बन्धितलाई निर्देशन दिएको छ। तोकिएको समयभित्र नगरपालिका समक्ष उपस्थित नभएमा अवैध संरचना स्वयं हटाइने र लागत समेत असुल गर्ने नगरपालिकाको तयारी छ।

विज्ञापन

त्यस्तै, सूचनामा ३ पांग्रे सवारी साधन अनिवार्य दर्ता गर्न १५ दिने समयसीमा तोकिएको छ। अटो रिक्सा लगायतका सवारी साधन दर्ता नगर्नेहरू विरुद्ध कानुनबमोजिम कारबाही अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले जानकारी दिए। नगरपालिकाले बजार क्षेत्र व्यवस्थित, यातायात सुगम र सडक स्वच्छ राख्नका लागि कडाइ आवश्यक भएको जनाएको छ।

सदरमुकाम मार्तडीमा सडकका छेउछाउमा जताततै गाडी पार्किङ र स्थानीयहरुले निर्माण सामाग्रीहरु जथाभावी सडकमा राखेपछि दुर्घटनाकाे जाेखिम हुँदै आएकाे थियाे ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै