नागरिक रैबार/बाजुरा ३१ असार।स्थानीय उत्पादनमा आधारित विदालय दिवा खाजा कार्यक्रम बाजुराबाट बाहिरिएको छ । गिप्ट नेपाल र मर्सिकोर नेपालको आर्थिक सहयोगमा बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा संचालन भईरहेको उक्त कार्यक्रम जिल्लाबाट बाहिरिएको हो ।
मंगलबार सदरमुकाम मार्तडीमा गिप्ट नेपालले परियोजनाको जिल्ला स्तरीय सरोकारवाला नियकायसंगको समिक्षा कार्यक्रम एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो परियोजना सकिएको जनाएको हो ।
गिप्ट नेपालको प्राविधिक सहयोग तथा मर्सिकोर नेपालको आर्थिक सहयोगमा स्थानीय उत्पदनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम विगत २ वर्ष देखि जिल्लाका ९ वटै स्थानीय तहका करिव २ सय ४९ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढवा दिने गरी काम गरिरहेको थियो ।
करिव २ वर्षको अवधिमा दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन गिप्ट नेपालले स्थानीय कृषकले उत्पादन गरेको स्थानीय दाल र तरकारी सहकारी संस्था मार्फत छनोट गरेर सवै विद्यालयमा दिवा खाजाका लागि दाल तरकारी आपुर्ति गराईरहेको थियो ।
दिवा खाजा कार्यक्रमले गर्दा यहाँका विद्यालयमा अध्ययनरत करिव ३३ हजार ७ सय बढी बालवालिकाको स्वास्थ्यमा सुधार र गुणस्तरीय शिक्षामा थप सहयोग पुगेको गिप्ट नेपाल बाजुराका कार्यक्रम प्रवन्धक कृष्ण अधिकारीले बताएका छन् । २ वर्षको अवधिमा सो परियोजनाले जिल्लाभर गरेका क्रियाकलापको बारेमा जानकारी गराउँदै जिल्लाबाट बाहिरिएको जानकारी दिएका छन् ।
स्थानीय उत्पदनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत दाल तरकारी आपुर्ति कर्ताहरुका लागि करिव ९६ लाख बढी रकम खर्च भएको छ । २ वर्षको अवधिसम्म गिप्ट नेपाल र मर्सिकोर नेपालको करिव ३ करोड ३३ लाख रकम खर्च भएको कार्यक्रममा जानकारी गराईएको थियो ।
गिप्ट नेपालद्धारा संचालन भएको उक्त परियोजना जिल्ला बाट बाहिरिएपनि अवको जिम्मेवारी स्थानीय तहले लिनु पर्ने सरोकारवाला निकायले कार्यक्रममा सुझाव दिएका छन् ।
गिप्ट नेपाल बाजुराको आयोजनामा गरिएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, बुढीनन्दाका नगरप्रमुख जनक कुमार बोहरा, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा, त्रिवेणीकी उपप्रमुख कमला कुमारी न्यौपाने, हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, खप्तड क्षेडेदहका गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष विशु नाथ, जगन्नाथ गाउँपालिकाकी उपाध्यक्ष मरुकला विष्ट, स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष सुलोचना भण्डारी बुढ, कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानी, अन्य विभिन्न पालिकाका वडा अध्यक्ष, विभिन्न संघसंस्थाका प्रमुख एंव प्रतिनिधि, पत्रकार लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु