होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बुढीनन्दा, गाैमुल र स्वामीकार्तिकले करार कर्मचारीलाई हाँजिर गर्न नदिने
राजनीति

बुढीनन्दा, गाैमुल र स्वामीकार्तिकले करार कर्मचारीलाई हाँजिर गर्न नदिने

  • नागरिक रैबार
बुढीनन्दा, गाैमुल र स्वामीकार्तिकले करार कर्मचारीलाई हाँजिर गर्न नदिने

नागरिक रैबार/ बाजुरा ३१ असार। बाजुराका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र गौमुल गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेबाट हाजिर नगर्न आग्रह गरेको छ ।

आइतवार तिन वटै पालिकाकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत करार सेवाका कर्मचारीलाई हाँजिर नगर्न आग्रह गरेको हो ।

हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ लागू भएपछि अहिले स्थानीय तहहरु धमाधम सूचना जारी गरी रहेका छन् ।

पालिकाहरुलेहरुले उक्त ऐन बमोजिम करार वा ज्यालादारीमा नियुक्त गर्न नपाइने र अति आवश्यक भएमा स्वीकृत दरबन्दीमा कानुन बमोजिम गर्ने उल्लेख भएको जनाएको छ । त्यसैगरी, गाउँपालिकाहरुले ऐन अनुसार सहमति नहुन्जेलसम्म आगामी साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नगर्न आग्रह गरेको छ ।

पालिकाका र नेपाल सरकारको साझेदारीमा सञ्चालित कार्यक्रम बाहेकका करार कर्मचारीहरुलाई नगर्न÷ नगराउन अनुरोध गरेको सूचनामा उल्लेख छ । त्यस्तै कोही कसैले हाजिर गरे वा गराएको पाइएमा स्वयम् जिम्मेवार हुने समेत जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि