होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३२, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराकी धना वादीले पाईन ५५ वर्षको उमेरमा नागरिकता
Breaking News

बाजुराकी धना वादीले पाईन ५५ वर्षको उमेरमा नागरिकता

  • नागरिक रैबार
बाजुराकी धना वादीले पाईन ५५ वर्षको उमेरमा नागरिकता

नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्।

बुधबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ५५ वर्षिया वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन।

नागरिकता बनाउन सनाखत गर्ने कोही नहुँदा बादीले यस अगाडि नागरिकता प्राप्त गर्न सकेकी थिईनन्। माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा पुगेकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित भएकी हुन्।

विज्ञापन

प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरिन। नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।

नागरिकता नहुँदा उनी राज्यबाट पाउने सामाजिक सुरक्षासहित अन्य सुविधाबाट वञ्चित भएकी थिइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार