काठमाडौँ। तनहुँमा जंगली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्तिटोल बस्ने मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा आइतबार राति ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरूलाई उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याइ थप उपचार भइरहेको छ । उनीहरूलाई बान्ता हुने, पखाला लाग्ने तथा रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।
१) ब्यास न.पा.६ बस्ने वर्ष ६३ को गुरु ब. पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिङ्गाटा लाग्ने)
२) ब्यास न.पा.६ बस्ने गुरु ब.पुलामीको छोरा वर्ष ३१ को सुरेन्द्र पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
३) म्याग्दे गा.पा.६ सर्बलाङ बस्ने वर्ष ३० नारायण मगर (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
४) निजको श्रीमती वर्ष २३ की पबित्रा मगर (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
५) ऐ.ऐ बस्ने गुरु ब.पुलामीको ज्वाइँ वर्ष ४२ को लित ब. थापा (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
६) ऐ.बस्ने वर्ष ३६ को केशव पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
७) ऐ.बस्ने वर्ष ६५ की सिता पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
८) ऐ.बस्ने वर्ष ४ को सुमित पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
९) ऐ.बस्ने वर्ष ६६ को चक्र ब.पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
१०) ऐ.बस्ने वर्ष १८ की आरती पुलामी (बान्ता हुने,पखालालाग्ने,रिँगटा लाग्ने)
फेसबुक प्रतिक्रियाहरु