होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
Breaking News

बडीमालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

  • नागरिक रैबार
बडीमालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

नागरिक रैबार/बाजुरा ३० असार। बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक सुनुवाइ गर्दै सम्पन्न गरेको हो ।

नगरपालिकाले आव २०८१/८२ का लागि ५० करोड ३८ लाख २६ हजार ५ सय ५२ रकम अनुमानित बजेट ल्याएको थियो । जस मध्ये ३९ करोड ६६ लाख ३५ हजार ४ सय ३७ रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाले कुल बजेटको ८०.३१ प्रतिशत खर्च भएको जनाएको छ । चालु तर्फ ८२.८३ प्रतिशत खर्च गरेको नगरपालिकाले पँुजिगत तर्फ ७७.८२ प्रतिशत खर्च भएको सार्वजनिक सुनवाई कार्यक्रममा सार्वजनिक गरिएको थियो । यस्तै नगरपालिकाले आव २०८१/८२ मा ६७ लाख ७३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

विज्ञापन

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका नगरप्रमुख उपप्रमुख वडा अध्यक्षहरु लगायत सबै शाखा प्रमुखहरुसंग नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरप्रमुख अमरबहादुर खड्काले नगरपालिकालाई समृद्ध बनाउन निरन्तर लागिरहेकोले यसमा सवैको सकारात्मक भुमिका हुनुपर्ने बताएका थिए । नगरपालिकाका हरेक गतिविधिहरुलाई पारदर्शी बनाउन हरेक चौमासिकमा सार्वजनिक सुनुवाइ गरिने उनको भनाई छ । अहिले नगरपालिकाका हरेक कामहरुको जनतामा भ्रम फैलाउने काम भईरहेकोले बाहिर भ्रम फैलाए जस्तो काम नभएको समेत उनले कार्यक्रममा बताएका थिए ।

सार्वजनिक सुनुवाइमा उपस्थित नागरिकहरु, पत्रकार, नगरवासी र राजनीतिक दलका प्रमुख नगरपालिकाको नगरपालिकामा भएका गतिविधि बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा उपस्थितहरुबाट नगरपालिकाको हरेक विषयमा आएका प्रश्नहरुको सम्वन्धित शाखा र प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले जवाफ दिएका थिए ।

एमडि आभास मल्टिमिडिया हाउसको सहजिकरण र बडीमािलका नगरपालिकाको आयोजनामा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख वक्ताका रुपमा नगर प्रमुख अमर बहादुर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी रहेका थिए ।

कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्ष काँग्रेसका नगर सभापति गोपाल कार्की, एमाले बडीमालिकाका अध्यक्ष राजेश पायल विक, माओवादी केन्द्रका चन्द्र थापा, नेकपा एस का कार्यालय सचिव दीर्घराज पाध्याय, गैसस महासंघ अध्यक्ष कृष्ण अधिकारी, पत्रकार लगायत नगरपालिका विभिन्न शाखाका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पत्रकार लक्ष्मीराज पाध्याय र एमडि मल्टिमिडिया हाउसका संचालक मदनराज जोशीले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रम नगरपालिकाको हलमा आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार