नागरिक रैबार/बाजुरा ३० असार। बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा सोही नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सोही नगरपालिका ३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर मृत्यु भएको हो ।
सोमबार विहान घरबाट दाउरा ल्याउन गएका बुढथापा अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायव उपरिक्षक हवारीले बताए ।
मृतक बुढथापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ ।
फेसबुक प्रतिक्रियाहरु