होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चैत्र १५ गते बृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय
समाचार

चैत्र १५ गते बृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

  • नागरिक रैबार
चैत्र १५ गते बृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं : समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा बृहत् जनसभाको आयोजना गर्ने भएको छ। शुक्रबार बिहान बसेको विपक्षी चार दलको समाजवादी मोर्चाको बैठकले १५ गते जनसभालाई बृहत् बनाउने निर्णय गरेको हो।

बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले १५ गतेको जनसभालाई बृहत् बनाउने निर्णय भएको जानकारी दिए। उनले भने, ‘ चैत्र १५ गतेको बृहत् प्रदर्शनलाई भव्य बनाइनेछ। हजारौं जनताको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ। संसदवादी दलहरू र बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग छलफल गर्ने,राष्ट्रियताको स्वाधिनता र गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र यसको पक्षमा वातावरण बनाउन छलफल अघि बढाइने निर्णय भएको छ।’

उनका अनुसार भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिकसमाजसँग अन्तरक्रिया र परामर्श कार्यक्रम गरिने बताए। बृहत् जनसभाबारे शनिबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनले बताए। यसैगरी बैठकले राजावादीहरुको सक्रियता मुलुकलाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भएको ठहर गरेको छ ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी ,नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी आवद्ध छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार