होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीका गाउँगाउँमा विद्युतको लाईन विस्तार गरिदै
समाचार

हिमालीका गाउँगाउँमा विद्युतको लाईन विस्तार गरिदै

  • नागरिक रैबार
हिमालीका गाउँगाउँमा विद्युतको लाईन विस्तार गरिदै

नागरिक रैबार/बाजुरा २ फागुन । जिल्लाको हिमाली गाउँपालिकाका विभिन्न वडाका गाउँगाउँमा विद्युतको पहुँच पुगाउनका लागि लाईन विस्तार गर्ने काम धमाधम भईरहेको छ ।

हिमाली गाउँपालिका–६ को धिम, बोल्डिक र १, २ र ३ नम्वर वडाका गाउँ– गाउँमा विद्युतको लाइन विस्तार गर्ने गरी धमाधम काम भईरहेको छ ।

अवको केही महिनाभित्र यहाँका नागरिकहरुलाई विद्युतको पहुँचमा ल्याउनका लागि अहिले यि वडाका गाउँहरुमा विद्युत लाईन विस्तार गर्नका विजुलीको तार र पोल गाड्ने काम भईरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । उनका अनुसार अबको केही महिनापछि यहाँका स्थानीयहरु बिजुली बत्तीको पहुँचमा आउने भएका छन ।

विज्ञापन

उज्यालो हिमाली बनाउने अभियानलाई साकार पार्न अहिले गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल निरन्तर लागिपरेका छन् ।

वडा नम्वर ६ को धिम बोल्डीकमा कवाडी खोला लघुजलविद्युत र वडा नम्वर १, २ र ३ नम्वर वडामा कादुरी संस्थाको सहयोगमा निर्माण भएको नातीखोला लघुजलविद्युत आयोजनाबाट विद्युत सेवा विस्तार गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

वर्षौ देखि सल्लाको झरोको सहाराले अँध्यारोमा बस्दै आएका नागरिकहरु गाउँमा विद्युत सेवा विस्तार हुन लागेपछि खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ हप्ता अगाडि