होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, एक गम्भीर घाइते
समाचार

स्वामीकार्तिकमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, एक गम्भीर घाइते

  • नागरिक रैबार
स्वामीकार्तिकमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, एक गम्भीर घाइते

नागरिक रैबार/बाजुरा २८ साउन।  बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ बर्कुमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा गाउँपालिका–१ बर्कुका ३८ वर्षीय पदम बुढा रहेका छन्। गाउँपालिका–३ जुकुका लोकेन्द्र रोकाया गम्भीर घाइते भएका छन्। घाइतेको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जोरुबाट स्याउ बोकेर पिलुचौरतर्फ आउँदै गरेको भे ००१ ट ०४८० नम्बरको ट्याक्टर बर्कु स्वास्थ्य चौकी नजिकै करिब साँझ ६ बजे सडकबाट करिब ३०० मिटर तल खसेको हो।

images

विज्ञापन

ट्याक्टरमा चारजना सवार भए पनि चालक रविन्द्र नाथ र अर्को नाम नखुलेको व्यक्ति सुरक्षित रहेर फरार भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक देव बहादुर चौधरीले जानकारी दिए।

मृतक बुढाको भोलि पोस्टमार्टम हुने प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै