होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • माओवादी केन्द्र खप्तड छेडेदह गाउँ कमिटिको अध्यक्षमा विक
देश/प्रदेश

माओवादी केन्द्र खप्तड छेडेदह गाउँ कमिटिको अध्यक्षमा विक

  • नागरिक रैबार
माओवादी केन्द्र खप्तड छेडेदह गाउँ कमिटिको अध्यक्षमा विक

राजेन्द्र विक बाजुरा,३०बैशाख। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खप्तड छेडेदह गाउँ कमिटिको तेस्रो सम्मेलन सम्पन्न भएको छ।

गाउँ कमिटिको तेस्रो सम्मेलनबाट माओवादी केन्द्र बाजुराका पुर्व जिल्ला कमिटी सदस्य सदन बि.क अध्यक्ष रहनेगरी २५ जनाको गाउँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

जसमा उपाध्यक्ष मान बहादुर धामी ,उपाध्यक्ष टिक बहादुुर रावत,उपाध्यक्षजानकि खड्कासचिवमा पदम बहादुर रावत,सहसचिव- गोरख बहादुर खड्का सहसचिव- मिनराज सुनार,कोषाध्यक्ष तुलक्षा कुमारी रावत धामी रहनुभएको छ।

विज्ञापन

नेकपा माओवादी केन्द्र केन्द्रिय कमिटिको सर्कुलर बमोजिम खप्तड छेडेदह गाउँ कमिटिको तेस्रो सम्मेलन भब्य रुपमा सम्पन्न भएको सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य दिपक कुमार डिसिले जानकारी दिनुभयो ।

सम्मेलनमा बोल्ने सबै अतिथि बक्ताहरुले देश माओवादी केन्द्रको एजेन्डामै अगाडि बढिरहेकाले यहि पार्टिमा गोलबद्ध हुन स्थानियलाइ आग्रह गरेका थिए ।

सोमबार खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ३ धनाल्तमा गाउँ कमिटी अध्यक्ष देब बहादुर धामिको अध्यक्षता संचालन भएको सम्मेलनको प्रमुख अतिथि माओवादी केन्द्रकी केन्द्रिय सदस्य देबकि मल्ल रहनुभएको थियो भने बिशिस्ट अतिथिमा जिल्ला संयोजक देबिचन्द्र बुढा दिपक,सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य दिपक डिसि अतिथिमा प्रदेश कमिटी सदस्य दिल बहादुर रावत,र जिल्ला समन्वय समितिका सदस्यहरू रहनुभएको थियो।

वाइसीएल बाजुराका संयोजक दिनेश कुमार विकले संचालन गर्नुभएको कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ता गरि करिब एक सय जनाको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै