नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासनिक भवनको पुर्व उद्योग मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले उद्धघाटन गरेका छन । नवनिर्मित भवनको साेमबार एक औपचारीक कार्यक्रमका बिच थापाले उद्धघाटन गरेका हुन ।
राजनीतिक सहमति र सझदारीको सन्देश दिने गरि बुढीगंगा नगरपालिकाले संचालन गरेको विकास कचहरी कार्यक्रमको अवसर पारेर नगरपालिकाको प्रमुख प्रशासनिक भवनको उद्धघाटन् गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।
प्रशासकीय भवन दश करोड ५५ लाख पाँच सय ३४ रुयैयाका लागतमा निर्माण भएको हो । भवनमा सभाहल सहित २४ कोठा रहेको छन् ।
दलिय सहकार्य र समझदारीको सन्देश दिने गरी पालिकाले सबै पूर्व र बहालवाला जनप्रतिनिधीलाई अवसर दिने गरि पालिकामा निर्मित भवनको उद्घाटन गर्न लगाइएको नगर प्रमुख बाँनियाले बताएका छन् ।
समृद्धिका लागि बुढीगंगा विकास कचहरी सञ्चालनको दोस्रो दिन २,४, ५, ९ र १० नम्बर वडा कार्यालय उद्घाटन गरिएको थियाे भने बुढीगंगा सीप विकास तालिम केन्द्र र पालिकाको २ र १० मा बनेका स्वास्थ्य सेवा केन्द्रका भवन पनि उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसै गरि सोही विकास कचहरी कार्यक्रमको अन्तिम साेमबार दिन नगरपालिका वडा नम्बर ६ को प्रशासनिक भवनको उद्धघाटन पूर्व प्रदेश अर्थमन्त्री नरेशकुमार शाहीले गरेका छन
फेसबुक प्रतिक्रियाहरु