नागरिक रैबार/बाजुरा २९ पुस । बाजुराको गाैमुल गाउँपालिकामा भीरबाट लडेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साेही गाउँपालिका वडा नम्बर ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया रहेकी छन् । शनिबार भिरबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो ।
शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते बालिकालाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका थिए । उनको टाउँकोमा चोट लागेको नाक, कानबाट रगत बगिरहेको र बारम्बार वान्ता गरिरहेकी थिइन् ।
शरीरमा गम्भीर चोट लागेकाले यहाँ उपचार सम्भव नहुने भन्दै अस्पतालले शनिबार नै थप उपचारका लागि जिल्ला बाहिर लैजान डाक्टरहरुले आग्रह गरेका थिए । तर उनको घरको आर्थिक अवस्था कमजाेर भएपछि उपचार नपाएर उनले ज्यान गुमाउनु परेकाे जनाइएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु